बाजुरा ।
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार से १ ज १०६४ नम्बरको जिप आज दिउसो कर्णाली नदीमा खसेको हो । दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् ।
चालक रमेश शाहीको समेत मृत्यु भएको घटनामा अरुको सनाखत भएको छैन । घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया