काठमाडौं ।
सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवका दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १ हजार ३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिकस्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।
चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहिनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ ।































प्रतिक्रिया