ट्रक दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, एक घाइते

ट्रक दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, एक घाइते

केन्द्रबिन्दु
0
Shares

बर्दिया । बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ भने एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

नगरपालिकाकाे अम्बासा चाेक नजिकै पूर्वबाट धनगढीतर्फ जादै गरेकाे  ट्रक अनियन्त्रीत भइ सहचालक र दुई महिलाकाे मृत्यु भएकाे बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्ताेलाले बताए । साथै चालक घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

मृतक र घाइतेकाे पहिचान हुन बाँकी छ भने घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरी उपरिक्षक बास्तोलाले बताए ।

Skip This
Skip This
Logo