काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने ट्यांकर दुर्घटना भएको छ ।
मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको ट्यांकर ओरालो जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हो । उक्त ट्यांकरले ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएर घरमा जोत्तिन पुगेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो।
ट्यांकर ठोक्किएर स्थानीय वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा सामान्य क्षति पुगेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।































प्रतिक्रिया