अनामनगरमा झडप: प्रहरीसहित केही घाइते, १५ जना पक्राउ (फोटोफिचर/भिडियो)

अनामनगरमा झडप: प्रहरीसहित केही घाइते, १५ जना पक्राउ (फोटोफिचर/भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ता र प्रहरीबीच काठमाडौको अनामनगरमा झडप भएको छ ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा प्रदर्शनमा उत्रेका उनीहरु सिंहदरबारतर्फ जान लाग्दा प्रहरीले  रोकेपछि झडप भएको हो । झडपमा प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङ पनि घाइते भएका छन् । प्रहरीकाे लाठीचार्जबाट घाइते सुनिता बुढाथाेकीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकाे छ ।

सीमा अतिक्रमणको विरोधमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन गएका देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का नेता कार्यकर्ताहरुलाई प्रहरीले हनुमानस्थानमा रोकेको थियो।

गिरफ्तार नेता कार्यकर्ताहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएकाे छ। प्रहरी नियन्त्रणमा अध्यक्ष गजुरेल र महासचिव परी थापासहित नेताहरु पवनमान श्रेष्ठ, क्रान्तकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, सुर्य श्रेष्ठ दीपक शाही, वशन्त बाेगटी, फुर्नाम्गेल माेक्तान तामाङ, खगेन्द्र छन्त्याललगायत १५ जना छन् ।

 

Logo