वैकल्पिक शक्ति निर्माणको अनुकूल परिस्थिति हो सत्ता बहिर्गमनः डा. बाबुराम भट्टराई (भिडियो सहित)

वैकल्पिक शक्ति निर्माणको अनुकूल परिस्थिति हो सत्ता बहिर्गमनः डा. बाबुराम भट्टराई (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता बहिर्गमन वैकल्पिक शक्ति निर्माणको दिशामा अनुकूलताको परिस्थिति भएको बताएका छन् । केन्द्रविन्दु अनलाईन टेलिभिजनसँगको विशेष अन्तर्वार्तामा डा. भट्टराईले नेकपा पनि सर्वसत्तावादी बन्दै गएकाले आफूहरू सरकार छोडेर वैकल्पिक शक्ति निर्माणका लागि अघि बढेको बताए ।

डा. भट्टराईले अब संगठन विस्तारमा पार्टी केन्द्रित हुने भन्दै भ्रष्टाचार, सुशासन, वैज्ञानिक भूमिसुधार लगायतका मुद्दा लिएर जनतासमक्ष जाने जानकारी दिए । गत मंगलबार सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको समाजवादी पार्टीले प्रतिपक्षमा बसेर आफ्ना माग पूरा गराउन निरन्तर प्रयत्न जारी राख्ने निर्णय गरेको छ । भट्टराईले राष्ट्रिय जनता पार्टिसँगको एकीकरणका सन्दर्भमा कैयौं वैचारिक र संगठनात्मक समायोजनका विषयहरू बाँकी रहेको उल्लेख गरे ।

डा. भट्टराईको राजनितिक यात्रा, समाजवादी पार्टीको अवस्था, सत्ता बहिर्गमनको मूल कारण, वैकल्पिक शक्ति निर्माणको उद्देश्य, राष्ट्रिय जनता पार्टीसँगको एकीकरण प्रक्रिया लगायत विषयमा केन्द्रित भई केन्द्रविन्दु अनलाईनका राजनीतिक ब्युरो प्रमुख प्रकाश लुईटेलले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ भट्टराईसँगको अन्तर्वार्ताको भिडियो :

 

Skip This
Skip This
Logo