ब्रुस लीको फोटो प्रयोग गरेको भन्दै रेस्टुरेन्टविरुद्ध मुद्दा दर्ता

ब्रुस लीको फोटो प्रयोग गरेको भन्दै रेस्टुरेन्टविरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

बेइजिङ ।

मार्सल आर्ट फिल्म स्टार ब्रुस लीकी छोरी सानोन लीले एक चिनियाँ रेस्टुरेन्टविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । पिताको तस्बिर रेस्टुरेन्टले बिना अधिकार प्रयोग गरेको उनको आरोप छ। उनले यस विषयमा रेस्टुरेन्टबाट २१० मिलियन युआनको माग गरेकी छिन् ।

१५ वर्षदेखि नै रेस्टुरेन्टले आफ्नो लोगोमा ब्रुस लीको तस्बिर प्रयोग गर्दै आएको सानोनको आरोप छ । यसका साथै उनले कम्पनीसँग लगातार ९० दिनसम्म यो मामिलाको स्पष्टिकरण दिन माग गरेकी छिन् ।

सानोन लस एन्जेल्स, ब्रुस ली इन्टरप्राइजेजका मालिक हुन् । जसले सुपर स्टारका तस्बिरको लाइसेन्स दिने काम गर्छ । १९९० मा सुरु भएको चैन रेस्टुरेन्टले २००४ देखि नै ब्रुस ली जस्तै देखिने एक व्यक्तिको लोगो प्रयोग गर्दै आएको छ। रेस्टुरेन्टका संस्थापकका अनुसार देशभरी चैनको ६०० भन्दा बढी स्टोर छन्।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo