राजपा र समाजवादी एकीकरण प्रसंगदेखि पिपिएल उपाधिसम्म (भिडियो सहित)

राजपा र समाजवादी एकीकरण प्रसंगदेखि पिपिएल उपाधिसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये राष्ट्रिय जनता पार्टीको अक्ष्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

यस्तै आईएस समूहले नाइजेरियामा ११ जनाको घाँटी रेटेर निर्मम हत्या गरेको एउटा भिडिओ सार्वजनिक गरेको छ । आईएसले उनीहरूलाई नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ता अघि नियन्त्रणमा लिएर हत्या गरेका हुन् ।

भूकम्प गएको चार वर्ष पूरा भइसक्दा पनि ललिथपुरमा जिल्लाभर एउटा मात्र घरको प्रबलीकरण भएको छ । जहाँ प्रबलीकरण गर्नुपर्ने घरसंख्या १३८२ छ ।

यस्तै नेपालमा ग्रहण सम्बन्धी अन्धविस्वास नभएको होइन तर छिमेकी मुलुक भारतमा पनि ज्यूँदै गाड्नेसम्मको अन्धविस्वास रहेको एउटा खोजमुलक समाचार पनि आजको टप ५ मा छ ।

यता चितवन राइनोजले दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो । थप समाचार हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo