भ्रमण वर्षलाई सफल बनाउन टानले सक्रियता बढाउने

भ्रमण वर्षलाई सफल बनाउन टानले सक्रियता बढाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ ।

टानले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउन लागेको भ्रमण वर्षले सबै पर्यटन व्यवसायीलाई उत्साहित बनाएको र कार्यक्रमलाई भव्य र सभ्य बनाउन समन्वयतात्मक ढङ्गले प्रवद्र्धनका गतिविधि सञ्चालन गर्ने जनाएको हो । टानले भ्रमण वर्ष सचिवालयसँग पछिल्लो पटक भएको सम्झौता अनुरुप आफ्ना सदस्य कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गर्ने र सोको अनुगमन गर्ने जनाएको छ ।

भ्रमण वर्ष सचिवालयसँग समन्वय गरी अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनका काममा सक्रिय भूमिका खेल्नाका साथै सचिवालय र पर्यटन क्षेत्रमा तालीम प्रदायक अन्य संस्थासँगको सहकार्य र साझेदारीमा सहासिक पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक पर्ने कम्तीमा चार हजार व्यक्तिलाई विभिन्न विषयमा तालीम प्रदान गरिने टानले जनाएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षलाई सफल बनाउन आम पर्यटन व्यवसायी एकताबद्ध भएर जुट्ने भन्दै त्यस कार्यक्रमा पर्यटन पत्रकारको पनि सहयोग चाहिने खाँचो औँल्याए । उनले भ्रमण वर्षको दौरानमा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक पर्यटन भित्र्याउन र सेवा स्तरीकरणमा सरोकारवालाको ध्यान जान जरुरी भएको उल्लेख गरे ।

सो अवसरमा टानले पर्यटन पत्रकार सङ्घ (जाट) का नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित स्वागत गरेको थियो । जाटका अध्यक्ष देवी पन्तले भ्रमण वर्षमा पर्यटन पत्रकारको भूमिका गहन हुने भन्दै नेपालको पर्यटन प्रवद्र्धनमा सदैव प्रतिबद्ध भएर काम गर्ने बताए । यसैबीच टानको नयाँ कार्यसमितिको १०० दिन पूरा गरेको अवसरमा श्वेत पत्र जारी गर्दै टानका विभिन्न गतिविधिबारे जानकारी गराएको छ ।

Skip This
Skip This
Logo