एक महिनामा २२ सय पराकम्प

एक महिनामा २२ सय पराकम्प

केन्द्रबिन्दु
0
Shares

अल्बानिया: अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् ।

गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ ।

उक्त पराकम्पहरूको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार जानकारी गराएकाे छ ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासिन्दा त्रसित नै रहेका अधिकारीहरूले जनाएका छन् । एक महिना अगाडि आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरू हजारौँ घरहरू भत्किएका थिए ।

Skip This
Skip This
Logo