बुर्किना फासोमा शृंखलावद्ध हमलामा परी ३५ महिलाको मृत्यु

बुर्किना फासोमा शृंखलावद्ध हमलामा परी ३५ महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुर्किना फासो ।

बुर्किना फासोमा सैन्य आक्रमणमा परि ३५ जना सर्वसाधारण महिलाको मृत्यु भएको छ । बुधबार एकै दिन लगातार दुई आक्रमण हुँदा उनीहरुको ज्यान गएको हो ।

मंगलबार भएको आक्रमणमा सात सिपाही र ८० सुरक्षाफौजको ज्यान गएको थियो । माली र नाइजरको छिमेकी मुलुक बुर्किना फासोमा अतिवादी समूहले २०१५ देखि निरन्तर आक्रमण गर्दै आएको छ । जहाँ सयौंको संख्यामा नागरिकको मृत्यु भइसकेको छ ।

हालै ३५ जनाको मृत्युपछि राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले ट्वीटरमा दुख व्यक्त गर्दै घटनाबारे लेखेका छन् । साथै बिहीबार यहाँ ४८ घण्टाका लागि राष्ट्रिय शोक घोषणा गरिएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo