बुटवललाई हराउँदै विराटनगर फाइनलमा

बुटवललाई हराउँदै विराटनगर फाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर टाइटन्सले फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहिबार भएको इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो । अब विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहदै फाइनल पुगिसकेको छ ।

विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मात्र बनाउन सक्यो ।

विराटनगर भने तेस्रो स्थानमा रहेर बुटवलसँगको भेट पक्का गरेको थियो । लिगको अन्तिम खेलमा विराटनगरले बुटवललाई ४ विकेटले पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो ।

Skip This
Skip This
Logo