फुङलिङमा सनराइज बैंकको १२९ औं शाखा

फुङलिङमा सनराइज बैंकको १२९ औं शाखा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बुधबार ताप्लेजुङस्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएमहरु संचालन गर्ने योजना रहेको छ ।

Skip This
Skip This
Logo