काठमाडौंमा आज वर्षकै चिसो : न्युनतम तापक्रम १ डिग्री मापन

काठमाडौंमा आज वर्षकै चिसो : न्युनतम तापक्रम १ डिग्री मापन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज राजधानीमा यसवर्षकै सबैभन्दा चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । हिजो उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस्तै आज जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्री, डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ , ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo