काठमाडौं । टीभीएसको पछिल्लो उत्पादन एनटर्क रेस एडिसन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले आज नक्सालस्थित शो रुममा एक कार्यक्रम आयोजना गरी एनटर्क रेस एडिसन सार्वजनिक गरेको हो ।
क्रिसमस र नयाँ वर्ष २०२० लाई लक्षित गरेर नेपाली बजारमा ल्याइएको एनटर्क रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ निधार्रण गरेको छ । यसै अवसरमा कम्पनीले प्रि–बुकिङ गर्ने १० जना ग्राहकलाइ स्कुटर हस्तान्तरण गरेको छ ।
एनटर्क १२५ रेस एडिसनमा नयाँ एलइडि सेटअप दिइएको छ । नयाँ डिजाइनको एलइडि हेडल्याम्पले रातीको समयमा यात्रा गर्न राम्रो प्रकाश दिने छ ।
एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।
कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस, हाजार्ड लाइट जस्ता फिचरको प्रयोग गर्न सकिन्छ































प्रतिक्रिया