काठमाडौं । गत सोमबार पक्राउ परेका १२२ जना चिनियाँ नागरिकबाट ७४७ मोबाइल र ३३१ ल्यापटप बरामद गरेको छ । प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जानकारी गराएकाे हाे ।
त्यस्तै प्रहरीले ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३२७ सीमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बराबद गरिएको प्रहरीले जानकारी दिएको छ ।
चिनियाँ अधिकारीकाे आग्रह र सहयोगमा पक्राउ परेका उनीहरू अहिले प्रहरी हिरासतमै छन् ।































प्रतिक्रिया