महानगरले माग्यो ५० जना नगर प्रहरी

महानगरले माग्यो ५० जना नगर प्रहरी

केन्द्रबिन्दु
0
Shares

ललितपुर : ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी माग गरेकाे छ । महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरपालिकाले आग्रह गरेको छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन्। कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ।

पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ। दरखास्त फारम महानगरको वेबसाइट यहाँबाट डाउनलोड गर्न सकिन्छ।

Skip This
Skip This
Logo