स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित वेणीमाधव पौडेल फाउण्डेशन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो ।

पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काठमाडौँमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । सो अवसरमा नेता थापाले राज्यले गर्नुपर्ने काम फाउण्डेशनमार्फत गरिएकोमा खुशी प्रकट गरे ।

अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको एक ठाउँमा मात्रै एम्बुलेन्स सञ्चालनमा रहेको थियो । भुर्तुङ स्वास्थ्यचौकीमार्फत सञ्चालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बागलुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए । एम्बुलेन्स नभएका कारण डोको, स्ट्रेचर तथा निजी सवारीसाधनमा चर्को मूल्य तिरेर स्वास्थ्य संस्थासम्म पु¥याउनुपर्ने बाध्यता स्थानीयवासीलाई थियो ।

गाउँका नागरिकको त्यही समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरिएको छोरा गोकर्ण पौडेलले जानकारी दिए । “सामाजिक सेवासहितको राजनीति अहिलेको आवश्यकता हो, पहिले बुबा पनि राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो”, उनले भने, “त्यसैको सम्झनामा एम्बुलेन्स प्रदान गरेका हौँ ।”

Skip This
Skip This
Logo