धरहरा निर्माणकाे काम कार्ययोजना अनुसार नै हुँदै

धरहरा निर्माणकाे काम कार्ययोजना अनुसार नै हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माण कार्यको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिएका छन् ।

अनुगमनपछि ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइराखेको बताए । उनले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको बताए । अहिले चौथो तलाको काम भइराखेको समेत उनले बताए । उनले एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको समेत बताए । उनले १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने समेत बताए ।

अनुगमनमा रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको बताए । उनले भौतिक रुपमा काम भएपनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको बताए । उनले धरहरा निर्माणको काम तोकिएकै समयमा सक्ने गरी काम भइराखेको जानकारी दिए ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरुगरिएको पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो ।  अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको जानकारी रमण कन्ष्ट्रक्सनले दिएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

Skip This
Skip This
Logo