‘प्रचण्डको योग्यता नै बिनाश गर्नु हो’ : लेखराज भट्ट

‘प्रचण्डको योग्यता नै बिनाश गर्नु हो’ : लेखराज भट्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रचण्डको योग्यता नै बिनाश गर्ने भएको बताएका छन् ।

मन्त्री भट्टले शनिबार रामेछाप काठमाडौं सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अब कमरेड प्रचण्डबाट पार्टी निर्माण हुन्छ भन्ने भ्रम त्याग्न सबैलाई आग्रह समेत गरेका छन् । मन्त्री भट्टले भने,‘प्रचण्डको योग्यता नै बिनाश गर्ने हो । उनीबाट पार्टी र देश निर्माण हुन्छ भन्ने भ्रम अब कसैले पाल्न हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम विकल्प नभएर नै प्रतिनिधि सभा विघटन गरेको पनि उनले बताएका छन् । उनले प्रचण्डको काम नै भत्काउने, बिगार्ने हो, उहाँबाट पार्टी र देश बन्छ कि भन्ने भ्रम पालेर कोही त्यतातिर लागेको भए पनि अब ओेली पक्ष तिर नै फर्किन अग्रह गरेका छन् ।

कार्यक्रममा मन्त्री भट्टले भने ‘प्रचण्डबाट न त देश बन्छ, न पार्टी नै । उनले गर्ने त जुन पार्टीमा रह्यो, त्यही पार्टी बिघटन गर्ने, जुन सरकार बनायो त्यही सरकार गिराउने हो । प्रचण्डले २०६४ सालदेखि अहिलेसम्म १० वटा सरकार गिराएका छन् ।’ त्यसैले उनी शान्ति प्रक्रियामा आए यता जति पनि सरकार परिवर्तन भयो, ती सवै काम प्रचण्डले नै गरेको मन्त्री भट्टले बताए ।

Skip This
Skip This
Logo