पोखरा । पाेखरामा जारी दाेस्राे संस्करणकाे पाेखरा प्रिमियर लिगमा चितवन राइनोजले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले । बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए ।
यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए । काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए ।
यस खेल काठमाडौंका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।
चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।
चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।































प्रतिक्रिया