न्यायपरिषद सदस्यमा लक्ष्मीबहादुर निराला सिफारिस

न्यायपरिषद सदस्यमा लक्ष्मीबहादुर निराला सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ं । सरकारले वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधीवक्ता लक्ष्मीबहादुर निरालालाई न्यायपरिषद सदस्यमा सिफारिस गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषद बैठकले निरालाको नाम सिफारिस गरेको हो । संसदिय सुनुवाई समितिले अनुमोदन गरेपछि मात्रै उनी नियक्तीका लागि योग्य हुन्छन् ।

लक्ष्मीबहादुर निराला २०६२ साल पुस ११ गतेदेखि २०६३ साल बैशाख १५ गतेसम्म निराला महान्यायाधिवक्ता थिए । त्यतिबेला शाही सरकार उत्कर्षमा थियो ।

२०६१ साल फागुन ६ गते महान्यायाधिवक्तामा नियुक्त पवन ओझा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशमा नियक्त भएपछि ओझाले राजिनामा दिएका थिए । त्यसपछि निराला शाही सरकारका दोस्रो महान्यायाधीवक्ता भएका थिए । जनआन्दोलनको सफलतासँगै उनले राजीनामा दिएका थिए ।

 

Logo