झापा ।
झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो ।
मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।































प्रतिक्रिया