साताको दोस्रो दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि

साताको दोस्रो दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबारदेखि सुधार देखिएको बजारमा सोमबार भने करीब १८ अङ्कले वृद्धि भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७७ बिन्दुले बढेर एक हजार १६८.५८ मा पुगेको छ । कूल १.५४ प्रतिशतका आधारमा नेप्सेमा सुधार देखिएको हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक २.९४ विन्दुले बढेर २५४.५३ मा पुगेको छ । नेप्सेमा उछाल आउँदा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । सामूहिक लगानी कोष ०.०९ विन्दुले घट्दा बैंकिङ ३.३२, व्यापार १५.५७, होटल ४६.९९, विकास बैंक १६.४४, जलविद्युत् ७.७६, वित्त ११.५४,निर्जीवन बीमा १५८.८, उत्पादन ११३.८९, अन्य ३१.६४, लघुवित्त ३०.७४, जीवन बीमा १७०.८८ विन्दुले बढेको छ ।

Skip This
Skip This
Logo