अछाम। अछामकाे कमलबजार नगरपालिका–७ जामाकी १६ वर्षीया बासु जैसी २७ दिनपछि मृत फेला परेकी छन् ।
कमलबजार नगरपालिका–६ को उराईटी वनमा स्थानीय महिलाले घाँस काट्ने क्रममा उनलाई फेला पारेकी प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरी आफन्तलाई शव बुझाइएको अछामका प्रहरी नायब उपरीक्षक डीएसपी दीपक भारतीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट अनुसार आवश्यक अन्य अनुसन्धान गरीने डीएसपी भारतीले जानकारी दिए।
१० मंसीर दिउँसो ३ बजे आमाले काटेको घाँस ल्याउन भन्दै उनी करीब डेढ घण्टा टाढा बजेडी चिलिमे वनतिर गएकी थिइन्।





























प्रतिक्रिया