काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लवलाई मनाङ मर्याङदी क्लबले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न खेलमा आर्मीका गोलरक्षक विकेश पुथुले राम्रोसँग क्लियर गर्न नसकेको बललाई रिबाउन्डमा गोल गर्दै भारतीय खेलाडी दयानन्द सिंहले इन्जुरी समयमा गरेको गोलमा मनाङलाई १-० गोलको जित दर्ता गरेका हुन् ।
यसअघि निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिने सम्भावना बढेको थियो। तर, आर्मीले अन्तिम समयमा अङ्क गुमाउनुपर्यो।
उक्त खेलमा मनाङका गोलरक्षक दीप कार्की म्यान अफ दि म्याच घोषित भए। जितसँगै जारी लिगमा मनाङले दुई खेलबाट ६ अङ्क जोडेको छ। यसअघि पहिलो खेलमा मनाङले एपिएफलाई २-० गोलले हराएको थियो।
त्यस्तै, पहिलो खेलमा आर्मीले फ्रेन्डस क्लबलाई २-१ गोलले पराजित गर्दै ३ अङ्क जोडेको थियो।





























प्रतिक्रिया