आज प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

आज प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं ।  नेकपाको प्रचण्ड– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने कार्यक्रम छ ।

प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभा चुनावको मिति तोकेकी थिइन् । त्यसलगत्तै नेकपा प्रचण्ड-नेपाल समूहले चरणवद्ध रुपमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो ।

Skip This
Skip This
Logo