पोखरा : साबिक पिपिएल विजेता पाेखरा पल्टनकाे खेल जारी दाेस्राे संस्करण सुखद नहुँदा प्लेअफबाट बाहिरिने अवस्थामा पुगेकाे छ । जारी प्रतियोगिताकाे चार खेलमा तीन खेल गुमाएकाे पोखरा पल्टनले पाँचाै खेलमा धनगढी ब्लुजलाई अहिलेसम्म कै कम स्काेरकाे विजयी लक्ष्य दिएकाे छ । यदि पाेखरा पल्टनले आजकाे खेल पनि गुमाएमा प्लेअफबाट बाहिरिनेछ ।
साबिक विजेता पोखरा पल्टनले जारी दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलमा धनगढी ब्लुजलाई ८० रनको विजय लक्ष्य दिएको हाे । पोखरा क्रिकेट रंगशालामा कप्तान शरद भेसावकरले टस जितेर ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।
पोखराका लागि आशिफ शेखले ३२ तथा विनोद भण्डारीले १२ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन्। ओनर कुशल भूर्तेललाई ६ रनमा गुमाएको पोखराका २ खेलाडी शून्यमा आउट भए। ललित राजवंशी १ रनमा आउट हुँदा सर्वजित लड्डा ४ रनमा अविजित रहे। कप्तान शरद ४ रन बनाएर दिपक पुनियाको बलमा ‘हिटविकेट’ भए।
धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ३ तथा सागर ढकालले समान ओभरमा समान रन खर्चेर २ विकेट लिए। कमलसिंह ऐरीले २.३ ओभरमा २० रन दिएर २ विकेट लिए।
धनगढी ब्लुज र पाेखरा पल्टन दुवै टोलीलाई प्लेअफमा रहन जित्नै पर्ने दवाव छ ।































प्रतिक्रिया