कपडा गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

कपडा गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दिल्ली । भारतको दिल्लीस्थित एक कपडा गोदाममा आगोलागी हुँदा नौ जना कामदारको मृत्यु भएको छ। रोहिनीको किरारी क्षेत्रमा रहेको उक्त आवासीय घरमा अवैध रूपमा सञ्चालित गोदाममा सोमबार आगोलागी भएको हो। आगोलागीबाट अन्य १० जना घाइते भएका छन्।

तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने सात जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। पीडितहरू सोही भवनमा बस्ने र काम गर्ने गर्थे। किरारीको इन्द्र इन्क्लेभ क्षेत्रको गल्ली नम्बर १० बाट राति १२ बजेर २५ मिनेटमा घरमा आगोलागी भएको दिल्ली अग्नी सेवाका निर्देशक अतुल गर्गले बताए।

आगोलागी भएको भवन भुइँ तलासहित तीन तलाको थियो,’ गर्गले भने,’आगोका कारण दोस्रो तल्लामा सिलिन्डर पड्केको र कोठाको भित्ताका केही भाग भत्किएको थियो। दोस्रो तल्ला तीन जनाको जलेको शव फेला पारेका थियौं र हामीले त्यहाँबाट १० जनालाई तुरुन्तै अस्पताल पुर्‍यायौ।’ भवनमा एउटामात्रै भर्‍याङ रहेको र कुनै पनि सुरक्षा उपकरण नभेटिएको उनले बताए।

Skip This
Skip This
Logo