हतियारसहित करिब १० हजार गोली बरामद

हतियारसहित करिब १० हजार गोली बरामद

केन्द्रबिन्दु
0
Shares

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीकाे टोलीले बराहक्षेत्रबाट एसएलआरसहित करिब १० हजार गोली बरामद गरेकाे छ ।

सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरकाे दलानमुनी विभिन्न आकारका ९ हजार ९८२ थान गोली बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यज्ञविनोद पोखरेलले केन्द्रबिन्दुलाई बताए ।  प्रहरी प्रमुख पोखरेलका अनुसार २०६७ सालमा उक्त कुखुरा फर्मकाे दलान भएकाेले एक दशकअघि नै गाडिएकाे हुन सक्ने अनुमान गरिएकाे पनि यसबारे अनुसन्धानकाे क्रममा रहेकाे छ ।

गोली र हतियार जमिनमुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको हाे । घटनास्थलमा बरामद गरिएको हतियारबारे अनुसन्धान भइरहेको तथा त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

 

Logo