भारतले रोक्यो नेपाली तटबन्ध निर्माण

भारतले रोक्यो नेपाली तटबन्ध निर्माण

केन्द्रबिन्दु
0
Shares

टीकापुर ।

कैलालीको टीकापुर नगरपालिका ७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बलले रोकेको छ।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको हो। भारतीय सीमा सुरक्षा बलले उक्त तटबन्ध भारतीय क्षेत्रमा परेको भन्दै निर्माण कार्यमा रोक लगाएको हो। आयोजनाले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ।

कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले भारतीय सीमा सुरक्षा बलले भारतीय सीमा क्षेत्र पर्ने भएकाले निर्माण कार्यमा रोक लगाएको बताए। भारतीय पक्षले निर्माण रोके झण्डै ५० मिटर बढी क्षेत्रमा निर्माण कार्य प्रभावित हुनेछ। ‘भारतीय सीमा सुरक्षा बलले हामीलाई तटबन्ध निर्माणमा रोक लगाएको छ’, शाहीले भने, ‘अहिले हामी नेपालको क्षेत्रमा निर्माण गरिरहेका छौं, उनीहरु आएर सीमाना तोकिदिएका छन्।’

शाहीका अनुसार भारतीय सीमा सुरक्षा बलले तटबन्ध निर्माण गर्नका लागि सीमाना तोकिदिएको छ। ‘हामीलाई आयोजनाले नेपालको भूभाग भनेर साइड देखाएको क्षेत्रमासमेत निर्माणमा रोक लगाएको छ’, शाहीले भने, ‘हामीले आयोजनालाई समेत यसबारे जानकारी दिइसकेका छौं।’

टीकापुर नगरपालिका ७ का अध्यक्ष रामलाल डगौंरा थारुले कालाकुण्डा प्रहरी चौकीको ठीक अगाडि मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय पक्षले रोकेको बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo