नेकपाले डाक्यो केन्द्रीय कमिटी बैठक

नेकपाले डाक्यो केन्द्रीय कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । नेकपाले आउँदो २० गतेका लागि केन्द्रीय कमिटी वैठक तय गरेको हो ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन्। सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने नेकपाको तयारी छ। केन्द्रीय कमिटीमा यो एजेन्डाले पनि प्रवेश पाउनेछ। तर बैठकका एजेन्डा अहिले नै सार्वजनिक गरिएको छैन।

यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो। स्थायी कमिटी बैठक पनि एक वर्षपछि नेकपाले गत मंसिर २९ गतेदेखि बोलाएको थियो।

स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधनसम्बन्धी प्रतिवेदनमाथि छलफल गरिराखेका छन् ।

Skip This
Skip This
Logo