काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले निषेधको राजनीति गरेर जनतालाई नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले दुःख दिएको आरोप लगाएका छन् ।
महतले सरकारले जनतालाई बिचारको आधारमा सताउने गरेको भन्दै यस्तो कार्यले लोकतन्त्रलाई आलोचित बनाउने भन्दै सरकारलाई सच्चिन आग्रह गरे। कांग्रेसका सहमहामन्त्री महतले लोकतान्त्रिक बिचार संसारको उत्कृष्ट बिचारको रुपमा प्रमाणित भइसकेको बताएका छन् ।
शुक्रबार राजधानीको टोखामा नेपाली काँग्रेस काठमाडौ जिल्ला क्षेत्र नं ६ का उपसभापति तथा क्षेत्र नं ६ प्रदेस सभा (ख ) का सभापति स्व. माधबकुमार अधिकारीको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले नेपालमा लोकतान्त्रिक बिचारको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको पनि जिकिर गरे।
नेपालमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत रुपमा स्थापित गरे मात्रै माधव अधिकारी प्रति सच्चा रुपमा श्रद्धाञ्जली हुने पनि महतको निष्कर्श रहेको छ । कांग्रेस सहमहामन्त्री महतले सरकार लोकतन्त्रलाई समाप्त पार्न अग्रसर भएको भन्दै सरकारलाई लोकतान्त्रिक पद्धतिका खिलाप गए त्यो भारी हुने पनि चेतावनी दिए।































प्रतिक्रिया