नक्कली भ्याट बिल ठगी गरेको अभियोगमा पेप्सी कम्पनि विरुद्ध मुद्दा

नक्कली भ्याट बिल ठगी गरेको अभियोगमा पेप्सी कम्पनि विरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज (पेप्सी उत्पादक कम्पनि) विरुद्ध विहिबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेजका अमित गुप्तासमेत सात जना विरुद्ध ६४ करोड ९६ लाख दुई हजार ३४० बिगो र बिगोको दोब्बर एक अर्ब २९ करोड ९२ लाख चार हजार ६८० समेत गरी एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

वरुण वेभरेजल प्रालिको स्थायी लेखा नम्बर ३०००४५४९५ ले राजश्व चुहावट गर्ने मनसाय राखी नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरेको पाइएको छ । विभागले वरुण वेभरेजका र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक गुप्ताबाट बिगो असुल गरी तीन वर्षको कैद सजायको समेत माग दाबी गरेको छ ।

उनीहरुले नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्मबाट कर बिजक खरिद गरी राजश्व चुहावट गरेको पाइएको छ ।

Skip This
Skip This
Logo