बिदेशमा कामदारको मृत्युदर उच्चदेखि ट्रम्पलाई महाअभियोगसम्म (भिडियो सहित)

बिदेशमा कामदारको मृत्युदर उच्चदेखि ट्रम्पलाई महाअभियोगसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजको टप ५ समाचार मध्ये देशमा व्याप्त बेरोजगारी समस्या र राम्रो अवसरको खोजीमा नेपालीहरु विश्वका विभिन्न मुलुकमा पुगेपछि त्यहाँ उनीहरुको निधन भएको समाचार मुख्यरुपमा आएको छ । एक तथ्यांक अनुसार करिव ४५ लाख भन्दा धेरै नेपाली बैदेशिक रोजगारीमा छन् । बढ्दो बैदेशिक रोजगारसँगै विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या पनि बढ्दो छ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि मरणाशन्न हुनेगरि कुटपिट भएको छ । बुधबार साँझ कार्यालयबाट कोठातर्फ फर्किँदै गरेका प्रमुख प्रकाशकीय अधिकृत रामबहादुर केसीमाथि सोही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष केशरमान विकका भाइहरुले कुटपिट गरेका हुन् ।

यस्तै राजतन्त्रको अन्त्यसँगै नेपाल ट्रष्टको मातहतमा आएको पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिने भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै सरकारले पर्यटकीय गणतव्यकारुपमा विकास गर्न रत्न मन्दिर खुला गर्न लागेको हो ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव संसदको तल्लो सदनबाट पारित भएको छ । माथिल्लो सदनमा पुगेको यो प्रस्ताव पारित भएको खण्डमा ट्रम्प पदमुक्त हुनेछन् ।

भारतमा नागरिकता विधेयकविरुद्धको प्रदर्शन चर्किँदै गएपछि सरकार कडारुपमा प्रस्तुत भएको छ । भारत सरकारले प्रदर्शनमा रोक लगाउनुका साथै दिल्लीका विभिन्न भागहरुमा मोवाइल फोन कल, एसएमएस, तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । थप समाचार हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo