एक लाख नगदसहित नौ जना जुवाडे पक्राउ

एक लाख नगदसहित नौ जना जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीले एक लाख सात हजार ५१० नगदसहित नौ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्यूचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्यूचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo