नेपाल र भुटानको सीमा प्रयोग गरेर केही तत्व भारत छिर्न खोज्दैछन्-  भारतीय गृहमन्त्री 

 नेपाल र भुटानको सीमा प्रयोग गरेर केही तत्व भारत छिर्न खोज्दैछन्-  भारतीय गृहमन्त्री 

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ं। भारतीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति हेर्न नचाहेका केही तत्वहरू नेपाल र भुटानसँगको सीमा प्रयोग गरेर भारत प्रवेश गर्न खोजेको बताएका छन् ।

भारतीय सीमा सुरक्षा बलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहले नेपाल र भुटानसँग भारतको एकदमै हार्दिक सम्वन्ध रहेको पनि वताए, ”केही तत्वहरूले भारतमा शान्ति होस भन्ने चाहँदैनन्, उनीहरूले नेपाल र भुटानको सीमा प्रयोग गरेर भारतमा प्रवेश गर्न खोज्दैछन् ।”  उनले सिमा सुरक्षाका लागि सुरक्षा निकायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

नागरिकता विधेयक सम्बन्धी असन्तुष्ट नागरिकहरूले विभिन्न भारतीय राज्यमा गरिरहेकाे आन्दाेलनले उग्ररुप लिइरहेकाे बेला गृहमन्त्री शाहकाे यस्ताे अभिव्यक्ति आएकाे हाे ।

Logo