काठमाडौं । कोरियन भाषा परीक्षाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षणकाे नतिजा प्रकाशित भएको छ ।
सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएकामध्ये १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण गरेको कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले जनाएको छ ।
ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ ।
सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।































प्रतिक्रिया