एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक

एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन् ।

एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ । जस अन्तर्गत एनसेलका ग्राकहरुले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र १० ( १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्नेछन् ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार (आज) देखि संचालनमा रहनेछ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।

यो प्याकले ग्राकहहरुलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गते सम्म संचालनमा रहनेछ ।

Skip This
Logo