‘अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन’ : विद्युत प्राधिकरण

‘अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन’ : विद्युत प्राधिकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएका छन् । केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताए ।

अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताए । उनले अनावश्यक रुपमा विजुली काटने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविश्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताए । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न समेत आग्रह गरे । तर यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताए ।

यस्तै कोभिडका कारण विद्युत चुहावट करिब डेढ प्रतिशतले बढेकोमा अबको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको बताए। यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिइए पनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुने गरी काम भइराखेको बताए ।

Skip This
Skip This
Logo