चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको उक्त गाडीले रोकी राखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई नालीमा पल्टिँएको थियो । दुर्घटनामा परी गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो । सो गाडीका चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । चित्रसारीबाट सौराहातर्फ जाँदै गरेको ना ६ प ३९४५ नम्बरकाे मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नराखिएको नयाँ मोटरसाइकलले ठक्कर दिँदा ३९४५ नम्बरकाे मोटरसाइकलका चालक घाइते भएका हुन् । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस





























प्रतिक्रिया