काठमाडौं । मंगलबार सुनको मूल्य २ सयले बढेर ७१ हजार ५ सय पुगेको छ। सोमबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि ७१ हजार २ सयमा कायम भएकाे नेपाल सुनचाँदी व्यवशायी महासँघले जनाएकाे छ ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८ सय ५० रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।































प्रतिक्रिया