पसलमा आगलागी हुँदा ६३ लाख बराबरको क्षति

पसलमा आगलागी हुँदा ६३ लाख बराबरको क्षति

केन्द्रबिन्दु
0
Shares

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका–७ स्थित खोटाङबजारमा स्थानीय मनिकलाल प्रधानको पसल घरमा विद्युत् सर्ट भइ आगालागी भएको जिल्ला प्रहरी कायार्यालय खोटाङका प्रहरी निरीक्षक आमाेदकुमार खेरवारले बताए ।

प्रहरी निरीक्षक खेरवारका  अनुसार मंगलबार बिहान साढे १ बजेतिर आगो लगाएको हो । प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका ६ ईन्द्रेणी पोखरीका रमेश राईको मोबाइल पसल र खोटाङ बजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरुपमा जलेको छ ।

पीडित मनिकलालले घरसहित घरभित्र रहेका सबै अन्नपात र घरमा रहेकाे पसल जलेर नष्ट भएका छन् । उनले ६३ लाख बढीको क्षति भएको बताए ।

Skip This
Skip This
Logo