नयाँदिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै भइरहेको आन्दोलनप्रति चिन्ता व्यक्त गरेका छन् । यस आन्दोलनलाई ‘दुर्भाग्यपूर्ण र चिन्ताजनक हिंसात्मक’ भन्दै टिप्पणी गरेका हुन् ।
लोकतन्त्रमा बहस र छलफल जायज भएको तर हिंसात्मक आन्दोलन जरुरी नभएको उनको टिप्पणी छ । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । साथै मोदीले नयाँ कानुनबाट कोही पनि डराउनु नपर्ने आश्वासन दिए ।
भारत वाहेक जाने ठाउँ नभएका, वर्षौँदेखि पीडामा रहेकाको लागि नयाँ नागरिकता सम्बन्धी कानुन ल्याइएको उनको भनाइ छ । भारतको दुवै संसदबाट नागरिकता संशोधन विधेयक पारित भएपछि आसाम लगायत थुप्रै सहरमा प्रदर्शन व्यापक बन्दैगएको छ ।
एजेन्सी































प्रतिक्रिया