‘सुपर ओभर’मा बुटवलको जित

‘सुपर ओभर’मा बुटवलको जित

केन्द्रबिन्दु
0
Shares

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिगमा बुटवल ब्लास्टर्सले विजयी सुरुआत गरेको छ ।  २० ओभरकाे खेल बराबरीमा सकिएपछि भएकाे सुपरओभरमा बुटवलले काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेकाे हो ।

सुपर ओभरमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौँले मात्र २ रन बनाउन सक्यो । यसअघि, काठमाडौँले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो ।

बुटवलका हर्ष टोंक सर्वाधिक ४५ रन बनाए । ३ चौका र ३ छक्का प्रहार गरेका उनी अर्धशतकबाट ५ रनले चुके ।

शिवम सिंहले ३२ रनको अविजित इनिङस खेले । यस्तै, शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम शर्की १३ रन, कप्तान सोमपाल कामीले ११ रनको योगदान गरे ।

काठमाडौँका सुशन भारी र सुबोध भाटीले समान २/२ विकेट लिए ।  पहिलो विकेटको रुपमा सुशन भारीले अफ्ताबुदीन अमेदलाई ‘लङ अफ’को क्षेत्रमा गौरभ तोमारले क्याच आउट गरे । संकर रानालाई ‘लङ अफ’मा तोमरले क्याच लिए ।

तेस्रो विकेटको रुपमा भिम सार्की थर्ड म्यानमा रहेका सूर्य तामाङले अमर सिंह रौटेलाकाे बलमा क्याच समाए ।

मिड विकेटमा हर्ष टोंकलाई सुशन भारीको ओभरमा अदिल खानले क्याच गरे । भाटीको बलमा कप्तान सोमपाललाई ज्ञानेन्द्रले क्याच आउट पारे । हरि बाहादुर चौहानलाई भाटीलेनै सोहो ओभरमा बोल्ड गरे ।

अन्तिम ओभरमा बुटवललाई ९ रन चाहिएको अवस्थामा काठमाडौँका पवनले ८ रन खर्चेर १ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अन्तिम बलमा १ रन आवश्यकको रहेको बेला बिपिन खत्री स्टम्पिङ भएका थिए ।

यसअघि, पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । यस्तै, जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५/१५ रन जोडे ।

बुटवलका नितेस थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १/१ विकेट हात पारे ।

दुई खेलमा दुई जित हात पारेको काठमाडौँको लागि अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेकाे छ । प्रतियोगिताको तेस्रो दिन भोली (मंगलबार) पोखरा पल्टन र चितवन राइनोजबीच खेल हुनेछ ।

Skip This
Skip This
Logo