घुस लिएकाे आरोपमा मालपोत अधिकृत पक्राउ

घुस लिएकाे आरोपमा मालपोत अधिकृत पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिरहा । मालपोत कार्यालय सिरहाका मालपोत अधिकृत रामबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

मण्डललाई सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।

उच्च अदालत जनकपुर इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम मागेको सूचनाका आधारमा आयोगले मण्डललाई पक्राउ गरेको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।

मण्डललाई बिगो पाँच लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Skip This
Skip This
Logo