काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन हुनेगरी तयार भएको छ ।
विभिन्न चरणमा भइरहेका सुधार र जिर्णोद्धारका कामहरु सकिएकाे हुँदा उडान तथा अवतरण हुने गरी तयारी भएकाे हाे ।
धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालनयोग्य भएको हो । रनवे सेन्टरलाइन लाइट फेर्ने कामपनि सकिएको छ ।
निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । यससँगै दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।































प्रतिक्रिया