पिपिएल: धनगढीकाे विजयी सुरुआत

पिपिएल: धनगढीकाे विजयी सुरुआत

केन्द्रबिन्दु
0
Shares

पाेखरा । पाेखरीमा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेकाे छ ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा ७, अमित यादव ३ र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । सौरभ खनाल ले १२ रन जोडे । बलिङतर्फ विराटनगरका लागि साहब आलमले ३ तथा नोमान खानले २ विकेट लिए ।

१ सय १८ रनको सामान्य लक्ष्य पछ्याएर मैदानमा उत्रिएको विराटनगर निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमा सीमित भयो । विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए । त्यस्तै सुनिल धमलाले १८ तथा पुनित मेहराले १५ रन जोडे ।

बलिङतर्फ धनगढीका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राखेर १९ रन दिँदै ३ विकेट हात पारे । त्यस्तै सागर ढकालले १ विकेट लिए ।

Skip This
Skip This
Logo