सिन्धुपाल्चोक दुृर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो

सिन्धुपाल्चोक दुृर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।  दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो ।  बस आज(आइतबार)बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये सिन्धुपाल्चोक जुगल ७ का २८ बर्षिय सुक बहादुर तामाङ, सोही स्थानका सात बर्षिया सविना तामाङ, दोलखाको भिमेश्वर नगरपालिका–९ की ३७ वर्षिया जुनुमाया तामाङ, सोही स्थानकी २८ वर्षिया मन्जु तामाङ र रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २८ बर्षिय महेश तामाङको मात्र सनाखत भएको छ । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ । बस क्षत विक्षत भएको छ ।

 

Skip This
Skip This
Logo