काठमाडौं । नाडा अटाेमाेवाइल्स एशाेशियसन अफ नेपालकाे अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्वाचित हुने पक्का भएका छन् । ४३ औं साधारणसभाका लागि आज भएकाे मनाेनयनमा उनकाे मात्र उमेद्वारी परेपछि अध्यक्ष हुने पक्का भएकाे हाे । नाडाकाे १२ औं केन्द्रीय बैठकले पुस ४ गते गर्ने निर्वाचन गर्ने निर्णय गरेकाे थियाे ।
नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी अध्यक्षकाे प्रत्यासी भएपनि सबैकाे सहमतिमा आफूले मात्र मात्र मनाेनयन दर्ता गरेकाे कृष्ण दुलालले बताए । उनका अनुसार निर्वाचन अगाडि नै सहमति भएकाे हाे । नाडाकाे नियमानुसार १४ जना सदस्यकाे मनाेनयन भएकाे छ । बाँकी पदाधिकारीहरूलाई ४३ औं साधारणसभाबाट निर्वाचित समितिले मनाेनित गर्नेछ ।





























प्रतिक्रिया